Kath khabar
सरकारले आलु र प्याजको भ्याट हटाउने

 

                     काठमाडौं, मंसिर २२ ।  सरकारले आलु र प्याजको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ।
आन्तरिक राजस्व विभागले स्वदेशी उत्पादन प्रोत्साहन गर्न भन्दै स्वदेशी आलु र प्याजको भ्याट हटाउने भएको हो।

सरकारले बजेट मार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि स्वदेशी उत्पादनमा पनि भ्याट लगाइएको व्यापारीहरूको आरोप छ।

भ्याट लगाउँदा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको भन्दै किसानले विरोध गर्दै आएका थिए। भ्याटको विरोध गर्दै कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update