Kath khabar
समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

                 काठमाडौं, मंसिर २२ ।  समृद्धि फाइनान्सले यही मंसिर २१ गते बिहीवार र मंसिर २२ गते शुक्रबारको दिन संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये मंसिर महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुर शाखाले राजर्षि जनक क्याम्पस, जनकपुरका ७५ जना र इटहरी शाखाले ज्योती मा.वि, इटहरी-५ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update