Kath khabar
काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर्यो, आज दिनभर घाम लाग्ने

 

                 काठमाडौं, मंसिर २४ ।  आइतबार काठमाडौंमा यो वर्षको अहिलेसम्मकै सबैभन्दा जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका १-२ स्थानमा हिमपातको सम्भावना पनि छ ।

पूर्वी तराईका जिल्लाहरुमा आज बिहानै देखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्नेछ । यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

पर्सिदेखि चिसो अझ बढ्ने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update