आज धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प
बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो
धादिङ, मंसिर २४ । धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।
यस्तै, गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले जनधनमा क्षति पुर्याएको छ । विस्थापितहरु अझै पनि पालमुनि बसिरहेका छन् ।
नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र अन्तर्गत पर्ने भएकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स-साना भूकम्प गइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १०:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय