उड्दा उड्दै जहाजबाट ढोकाको सिसा खस्यो तारा एयरको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको बताए। जहाजमा २ जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ
काठमाडौं, मंसिर २४ । उड्दा उड्दै तारा एयरको जहाजबाट ढोकाको सिसा खसेको छ। काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको हो।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको बताए। जहाजमा २ जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ ।
उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन। तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १३:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय