Kath Khabar
कोरोनाबाट २४ घण्टामा २०१६ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु 

काठमाडौं, असार १२ । पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३० जना कोरोना संक्रमितको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । 

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाउनु भएको छ भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update