Kath khabar
नेप्से एकैदिन १११ अंकले बढे पछि दिन भरको लागि कारोबार बन्द 

 

                 काठमाडौं, मंसिर २४ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत घरजग्गा र शेयर कर्जाको जोखिम भार घटाउँदा यसको सकारात्मक प्रभाव नेप्सेमा देखिएकोछ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख भन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेसंगै यसको सकारात्मक प्रभाव देखिएको हो ।   

नेप्से आज कारोबार खुल्ला भएको पहिलो डेढ घण्टामा नैं छ प्रतिशतले बढेपछि आज दिनभरीको लागि कारोबार बन्द भएको छ । नेप्से १११ दशमलव २० अंकले बढेर १९ सय ६३ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ छ दशमलव ९ प्रतिशत अर्थात २१ दशमलव ४६ प्रतिशतले बढेर ३ सय ७३ दशमलव ७५ अंकमा पुगेको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नेप्से चार प्रतिशतले बढेमा २० मिनेटको लागि, दुई घण्टामा पाँच प्रतिशतले बढे ४० मिनेटेको लागि र छ प्रतिशतले बढे त्यो दिन पुरैको लागि कारोबार बन्द हुने व्यवस्था रहेको छ ।

आईतबार भने सोही व्यवस्था अनुसार कारोबार खुलेको पहिलो ९ मिनेटमा नैै नेप्से उच्च अंकले बढेको छ । सोही आधारमा कारोबार खुलेको डेड घण्टामा नैं नेप्से बन्द भएको छ । आज नेप्सेमा २ सय ४४ वटा कम्पनीहरुको ७० हजार १४ पटकको कारोबारमा १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४८ करोड २८ लाख ८२ हजार २ सय ३९ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ  । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक ६४ दशमलव ८०, जलबिद्युत समुहको सुचक १ सय ६९ दशमलव ४० अंक, जीवन बीमा समुहको सुचक ५ सय ५३ दशमलव ३५ अंक, निर्जीवन बीमा समुहको सुचक ५ सय २७ दशमलव ५४ अंंकले बढेका छन् । यि बाहेकका बाँकी समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रिलायन्स फाईनान्स, जोशी हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य बढेका छन् भने एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड २, उपकार लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य घटेका छन् । माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update