ललितपुर, मंसिर २५ । ललितपुर महानगरले फुटपाथ व्यापार हटाएको विरोधमा अभियान्ता ईंः ललितपुर महानगरपालिकाको गेटमा उभिने भएका छन् ।
महानगरको साँझ बिहान फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अनुरोध गर्दै सोमबार दिउँसो ३ बजेबाट १०८ मिनेट उभिने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । महानगरपालिकाले मंसिर १९ गते मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो ।
सहरको आत्मा मार्दै साँझ-बिहान फुटपाथ व्यापार हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ’, भन्दै उनले लेखेका छन् 'कर लेऊ, गरी खान देऊ', 'विस्थापन होइन, व्यवस्थापन गर' ।
अभियान्ता ईंः ले यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टासम्म काठमाडौं महानगरको कार्यालय राष्ट्रिय सभागृह अगाडि उभिएका थिए ।