Kath khabar
एनसेल सम्बन्धी रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा

 

                      काठमाडौं, मंसिर २७ । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । रिटको पेशी निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा तोकिएको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शुक्रबार दायर गरेको उक्त रिट निवेदनमा आज बुधबार चौथो पटक पेसी तोकिएको हो । यसअघि आइतबार, सोमबार र मंगलबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद-बिक्री भएको दाबी गर्दै सांसद शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update