ललितपुरका स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः
ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोर दोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गते देखि लगनखेल-मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ
ललितपुर, मंसिर २७ । फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णय विरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् । स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उनका समर्थकहरुले हिजो प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए ।
ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोर दोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गते देखि लगनखेल-मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ । अभियन्ता ईः र उनका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभइ व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० १२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय