Kath khabar
बाल्टिनमा डुबेर बालिकाको मृत्यु


                       काठमाडौं, मंसिर २७ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update