बालकृष्ण खाणको मुद्दामा सुनुवाइ हुँदै, न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेशी
काठमाडौं, मंसिर २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त मुद्धाको पेशी तोकिएको छ।
यसअघि मंसिर १५ गतेको सुनुवाइको क्रममा अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो ।
उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गर्नेछ । आजको सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय