१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडौं, मंसिर २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको १४ किलो सुन प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले बिहीबार विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
गत मंसिर २१ गते राति दुबईबाट काठमाडौँ आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । यस प्रकरणमा छानबिन समितिले अनुसन्धानका लागि त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीसहित ३२ जनालाई पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय