Kath khabar
१८० चिनियाँ नागरिकलाई देश निकाला गर्‍यो फिलिपिन्सले

 

                   मनिला, मंसिर २८ ।  फिलिपिन्सले राजधानी मनिलामा पक्राउ परेका १८० जना चिनियाँलाई देश निकाला गरेको छ । उनीहरू मनिलामा अवैध धन्दा र अनलाइन घोटालाको आशङ्कामा पक्राउ परेका थिए ।

गएको अक्टोबरमा छापा मारेर चिनियाँ सहित कोरियाली, भियतनामी र फिलिपिनो गरी ६ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धार समेत गरिएको थियो ।

छापा मारेर पक्राउ परेका थप विदेशीलाई आउँदो हप्ता देश निकाला गर्ने त्यहाँको प्रहरीलाई उद्धृत गरी समाचार संस्थाले जनाएको छ ।

राष्ट्रपतिको सङ्गठित अपराध विरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले पक्राउ परेका चिनियाँसँग कुनै पनि काम गर्ने अनुमति नरहेको पाइएको बताउनुभयो । एसिया प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update