३० लाख धरौटी बुझाए बालकृष्ण खाणले
शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्क मार्फत बैङ्क जिल्ला अदालत काठमाडौंमा बैङ्क ग्यारेन्टी बुझाएका हुन्
काठमाडौं, मंसिर २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् ।
शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्क मार्फत बैङ्क जिल्ला अदालत काठमाडौंमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।
बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय