Kath khabar
अबदेखि अस्पताल, बैंक, होटेल लगायत २५ क्षेत्रमा हड्ताल गर्न नपाइने

 

                  काठमाडौं, मंसिर २९ ।  सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।

निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा देखि इन्टरनेट सेवासम्म छन् । त्यसैगरी होटेल, बैक तथा अस्पताल क्षेत्रमा पनि हड़ताल निषेध गरिएको छ ।

rajpatra1702628675.jpg

rajpatraa1702628730.jpg

rajpatraaa1702628769.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update