बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा पनि बुझाए १५ लाख रुपैयाँ धरौटी
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा पनि १५ लाख रुपैयाँ धरौटी बुझाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएर रिहा भएका खाणलाई आज सम्पत्ति शुद्धीकरणले बयानपछि १५ लाख धरौटी माग गरेको हो ।
जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।
सम्पत्ति शुद्धीकरणबाट खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी भइरहेको छ । खाणलाई आज नै अख्तियारमा बुझाउने तयारी छ । अख्तियारले छाडेपछि भने उनी तारेखमा छुट्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय