Kath khabar
सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

 

                       काठमाडौं, मंसिर २९ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न न्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले दायर गरेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म यो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतले महानगरले गरेको मंसिर १२ गतेको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।  

महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरण नै रोकेको छ भने चुरोट खुद्रा बेच्न रोक लगाउँदै सार्वजनिक स्थानको १ सय मिटर आसपास सेवन गर्न प्रतिबन्ध लगाएको छ ।

महानगरको यस निर्णयविरुद्द परेको मुद्दामा सुनुवाई गर्दै अदालतले रितपूर्वक उद्योग सञ्चालन गरी कर तथा राजश्व तिर्दै आएका उद्योगको उत्पादनमाथि प्रतिबन्ध लगाउने महानगरको निर्णयले उद्योग सञ्चालनमा प्रतिकूल असर पुगी अपूरणीय क्षति पुग्न सक्ने देखिएको जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update