Kath khabar
पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न सर्वोच्च अदालतले दियो अनुमति

 

                     काठमाडौं, पुस १ । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह) विरुद्ध परेको नाबालिग बलात्कार मुद्दामा पुनः सुनुवाइ गर्न अनुमति दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो । पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समुचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर  छ ।

उच्च अदालत पोखराले शाहलाई बालिका बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update