Kath khabar
अमेरिकाको ४२ राज्यमा गाँजा प्रतिबन्ध र फुकुवा 


                     वासिङटन डि.सी, पुस १ ।  अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ ।

गाँजाको दुर्व्यसनी बढ्न थाले पछि अमेरिकाले ५२ वर्षअघि ‘कम्प्रिहेन्सिभ ड्रग एब्युज प्रेभेन्सन कन्ट्रोल एक्ट, १९७०’ ल्यायो । जसले गाँजा उत्पादन, बिक्री र सेवनलाई प्रतिबन्ध लगायो ।

तर, ३ वर्षपछि अमेरिकाको वरेगन राज्यले गाँजा उत्पादन र बिक्रीलाई खुला गर्‍यो । क्यालिफोर्नियाले १९९६ देखि औषधि उत्पादन गर्ने उद्देश्यले गाँजाखेती शुरु गरेको थियो । कोलोराडो र वासिङटन राज्यले त २०१२ देखि ०.३ प्रतिशत टिएचसी रहेको गाँजा सेवनलाई खुला नै गरिदियो । 

अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला-ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, त्सन रन्च, भोइला, ग्रो, स्टिजी, लोयल हर्ब, बटम लाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update