Kath khabar
कुवेतका अमिरको निधनमा आज नेपालको झण्डा आधा झुकाइने


                काठमाडौं, पुस २ । नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको छ ।

सरकारले अमिरको निधनप्रति शोक व्यक्त गर्दै सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको हो । कुवेतका अमिर अल सबाको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

शेखको निधनमा कुवेतले ४० दिने शोकको घोषणा गरेको छ भने सरकारी कार्यालय तीन दिन बन्द रहनेछन्। शेखले सेप्टेम्बर २०२० मा सत्ता सम्हालेका थिए।

 

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update