अर्जेन्टिनामा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण १४ जनाको ज्यान गयो
मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ
ब्यूनस एरिस, पुस २ । अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जना भन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा २ जनाको ज्यान गएको छ ।
१५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ ।
मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय