Kath khabar
मनकारी पुष्करजङ्ग

ललितपुर, असार १३ । विदेशमा पढेको, जानेको, बुझेको, सिकेको सीप सहित आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने भावनाले स्वदेश फर्कने धेरै युवाहरुमध्ये एक हुनुहुन्छ, युवा व्यवसायी पुष्करजङ्ग थापा । 'यहि माटोमा जन्मिएर हुर्किएको त हो, यहि पो गर्नुपर्छ त' उहाँ थप भन्नुहुन्छ । जापान जस्तो उच्च विकसित देश, आफ्नो पनि व्यक्तिगत बन्दोबस्त, व्यापार व्यवसाय एक हिसाबले सेटल भैसकेको, हाईफाई लाईफ स्टाइल तर आत्म सन्तुष्टिको लागि र आफ्नै माटोको लागि केहि गरौं भनेर फर्किएको उहाँ गौरवका साथ भन्नुहुन्छ ।

गत हप्ता मेलम्चीवासीको घाउमा मल्हम लगाउन मच्छिन्द्र कलेजका पूर्व विद्यार्थी समूहको नेृतृत्व गर्दै मेलम्ची नै पुग्नु भएका थापा केहि फरक अनुभव लिएर फर्किएको सुनाउनु हुन्छ । राहत बाड्ने भनेपछि प्रायः स्थानमा भिडभाँड र तछाडमछाड हुन्छ नै तर मेलम्चीवासी, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँगको छलफल र अन्तक्र्रियापछि उक्त स्थानमा राहतको नामको खाद्यान्न वा रकमको कुनै खाँचो नपरेको बरु पुर्ननिर्माणमा हातेमालोको लागि स्वयंसेवी हातहरुको आवश्यकता देखिएकोले उहाँहरुले आव्हान गर्ने बित्तिकै जानेगरी आफूहरु फर्किएको उहाँले बताउनुभयो ।

व्यवसाय त जापानदेखि नेपालसम्म नै चलिरहेकै छ तर यस्ता परोपकारी कार्यहरुले आफूलाई गज्जबको आनन्द दिने उहाँ बताउँनुहुन्छ । उहाँका अनुसार सन् २००४ मा विद्यार्थी भिसामा जापान टेकेर पढ्दै, बुझ्दै, हण्डर ठक्कर खाँदै ८ वर्षको निरन्तर परिश्रमपछि सन् २०१२ मा ‘सोलमरी’ रेष्टुरेन्टको स्थापना भयो । चर्चित हाँस्य टेलिश्रृखंला भद्रगोलबाटै लिएको शब्द ‘सोलमरी’ । न्युन समयमैै बडो गजबले परिचित भएपछि थुप्रै शहरमा शाखा खोलियो तर विविध कारणले हाल २ ओटामात्रै सञ्चालनमा छन् जापानमा तर व्यापार गज्जबको छ । 

सन् २०१९ मा काठमाण्डौंको बालुवाटारमा खोलियो । त्यो पनि अर्को सफलता नै ठान्छु म । उहाँ गर्वका साथ सुनाउनु हुन्छ । गत चैत्रबाट त्यसैको निरन्तरता स्वरुप ललितपुर इमाडोलमा अर्को आउटलेट खोलियो र लगत्तैको लकडाउनले अलि थला पारेको उहाँ प्रष्ट्याउनुहुन्छ । तर पूर्ण आशावादी देखिदैं उहाँ थप्नुहुन्छ कि दिन त फेरी आइहाल्छ नि ।

ललितपुर लुभु कै बासिन्दा वहाँको आफ्नै गृह क्षेत्रमा फर्महाउस सहितको रिसोर्ट बन्ने क्रममा रहेको छ । जहाँ अग्र्यानिक तरकारी, फलफूल, कालिज, लोकल कुखुरा, टर्कि आदिको रैथाने स्वाद सहित सुविधा सम्पन्न रिसोर्टको परिकल्पना गरिएको छ । अब स्थिती सामान्य हुने बित्तिकै्र उक्त रिसोर्टको कामले रफ्तार लिने उहाँ बताउनुहुन्छ । 

लगनशिलता, परिश्रम र निस्वार्थ भावनाले काम गर्दा सफलता त प्राप्त हुन्छ नै थप काम गर्ने जोश, जाँगर र हौसलापनि बढ्छ, उहाँ थप प्रष्ट्याउनुहुन्छ । यसै सिलसिलामा गत जुन ६ तारिख आफ्नो छोराको जन्मदिन मनाउन उहाँ पुग्नुहुन्छ टोखा स्थित दिक्षा चापागाईले सञ्चालन गर्नुभएको ‘पवित्र समाजसेवा’ नामक आश्रममा । केहि फरक गरौं र फजुल खर्च पनि नगरिकन निस्वार्थ भावनाले, सकारात्मक सोचका साथ गरौं भनेर आफू उक्त पवित्र कार्यमा सरिक भएको उहाँ बताउनु हुन्छ ।

उक्त शुभ दिनमा उहाँसँग हातेमालो गर्न आईपुग्नुभएको थियो एम्स नर्सिङ्ग कलेजकी सञ्चालक मेनुका गिरी । उहाँहरुको सहकार्यबाट उक्त आश्रममा रहेका करीब ६० जना अनाथ बालबालिका तथा वृद्धवृद्धाको लागि चामल २० बोरा, दाल १ बोरा, सोयाबडी १ बोरा, तेल २ कार्टुन, साबुन २ कार्टुन, चिनी १० केजी, नुहाउने  साबुन २ काटुर्न, र २ केजी चियापत्ति प्रदान गरिएको थियो ।

यस्ता समाजसेवा र परोपकारी कार्य आफ्नो बलबुताले भ्याएसम्म निरन्तर गरिरहने र यस्ता कार्यबाट प्रशस्त सकारात्मक उर्जा आउने र मन आनन्दित हुने उहाँ बताउनु हुन्छ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update