काठमाडौं, पुस २ । लिट्मस केबल्सले इलेक्ट्रिसियनहरुलाई लक्षित गरी ‘लिटमस केबल्स: ईको वार्निङ स्मार्ट वाच देखि दुबई सम्मको यात्रा’ नामक ७ महिने योजना ल्याएको छ ।
यस योजना अन्तर्गत इलेक्ट्रीसियनहरुले ५० कोइल्सको तार खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १ हजार कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् ।
साथै, १ हजार ५ सय कोइल्सको खरीदमा वासिङ्ग मशिन जित्ने मौका पाईनेछ भने २ हजार ५ सय कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाईने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रीशियनहरूले ईको वायर–जीएच खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको सन्ख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ ।
उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन । कम्पनीका अनुसार यो योजना पुस १ गतेदेखी आगामी असार ३१ गतेसम्म जारी रहनेछ । लिट्मस केबल्सको ईकोवायर–जीएच नेपालकै पहिलो जिरो हेलोजिन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तार हो ।
यसै कारणले, आगलागीको समयमा यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्याँसहरू कम गर्दछ, जसले यसलाई सुरक्षित र वातावरण मैत्री बनाउँछ ।