Kath khabar
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा


                   काठमाडौं, पुस २ ।  मेलम्ची खानेपानी आयोजना माथिको चलखेल बन्द गर्न माग गर्दै काठमाडौंमा नागरिकले प्रदर्शन गरेका छन्। काठमाडौं उपत्यका संघर्ष समितिले कोटेश्वर-तीनकुने क्षेत्रमा रित्ता भाँडा प्रदर्शन गर्दैै विरोध र्‍याली निकालेको हो।

अघिल्लो वर्षको २३ मंसिरमा उपत्यका बासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन। मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स) सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएका कारण मेलम्चीको पानी काठमाडौं झर्ने मिति धकेलिएको छ।

मेलम्ची माथि बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौं बासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विरोध र्‍याली निकालेका हुन्।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update