एनसेलको शेयर बिक्रीविरुद्धको रिट न्यायाधीश राउतको इजलासमा
काठमाडौं, पुस ३ । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा भइरहेको छ ।
लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट आज मंगलबार भने सुनुवाइ हुने भएको हो । सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय