काठमाडौं, पुस ३ । लिटिल मास्टर नेपाल २०२३ को दोस्रो संस्करणको उपाधि स्वर्णिम स्कुलमा अध्ययनरत अभिषेक कृष्ण कर्माचार्यले जितेका छन्। उनले उपाधि सँगै १० हजार रुपैयाँ साथै विभिन्न उपहार प्राप्त गरे।
काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा न्यु जेनिथ ईंग्लिश मोडेल स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनर अपको उपाधि सहित ८ हजार रुपैयाँ प्राप्त गरे । सोही प्रतियोगितामा रेलाईन्स रेसेडेन्सिअल स्कुलका गौरव प्रजापती सेकेन्ड रनरअप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए । कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५ जना प्रतियोगीहरु सहभागी थिए।
आईआईएफटी स्कूल अफ फेशन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेशन डिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका बिशेष विषय वस्तुमा तयार परिएका पोशाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए।
समाज सेवी तथा पुस्तकालय विशेषज्ञ इन्दिरा दलीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णयक मण्डलमा यूरो किड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, ड्रेस डिजाइन र गीता मिश्रा, मिडिया व्यक्तित्व तथा सिर्जना सुत्रका सह संस्थापक सुवाश श्रेष्ठ प्रधान तथा गायिका अन्जिला श्रेष्ठ थिए ।
वरिष्ठ नृत्य निर्देशक तथा फेशन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने तथा नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने सुनौलो अवसर मिलेको बताए।