बारामा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते
काठमाडौं, पुस ४ । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
काकड्भिट्टाबाट काठमाडौंका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगन्जमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको छ भने सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० ०९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय