काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि चार दिन विद्युत् आपूर्ति बन्द
काठमाडौं, पुस ४ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ । बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
आज बुधबार चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय