सर्वोच्चका लागि प्रस्तावित ६ न्यायाधीश सर्वसम्मतिले अनुमोदित
काठमाडौं, पुस ४ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम अनुमोदन गरेको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।
यस विषयमा मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो । न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो । अनुमोदन भएका न्यायाधीशहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने छन् ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय