Kath khabar
सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले लिए पद तथा गोपनीयताको शपथ

 

                    काठमाडौं, पुस ५ ।  सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका ६ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार भएको सो शपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् । यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उहाँहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update