Kath khabar
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते

 

                      प्राग, काठमाडौं, पुस  ६ ।  चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।

जवाफी कारबाहीमा गोली चलाउने व्यक्ति डेभिड कोजाकको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चेक प्रहरीले बन्दुकधारी २४ वर्षीय विद्यार्थी डेभिड कोजाकको रूपमा पहिचान गरेको छ । डेभिड कोजाक प्रागको चार्ल्स विश्वविद्यालयमा पोलिश इतिहास पढ्दै गरेका विद्यार्थी थिए।

प्रागका प्रहरी प्रमुख मार्टिन भोन्ड्रासेकले उनको कुनै आपराधिक रेकर्ड नभएको ‘उत्कृष्ट विद्यार्थी’ भनेका छन्, तर वरिष्ठ अधिकारीले उनको बारेमा अन्य कुनै जानकारी दिएनन्।

उनीसँग बैधानिक रूपमा धेरै बन्दुकहरू रहेको र बिहीबार उनले भारी हतियार तथा धेरै गोला बारूद बोकेका थिए ।

चेक मिडियाले भने 'उनी विदेशमा भएको भयानक घटनाबाट प्रेरित थिए। आक्रमणको केहि दिन अघि कोजाकले आत्महत्या र सामूहिक हत्याको बारेमा आफ्नो विचारहरू सोशल मिडियामा पोस्ट गरेका थिए ।'

प्रहरीको अनुसार बन्दुकधारीले बिहीबार प्रागको पश्चिममा आफ्नो गृहनगर होस्टनमा आफ्नो बुबाको हत्या गरी चार्ल्स विश्वविद्यालय पुगेका थिए । भोन्ड्रासेकले भने, उनले आफूलाई पनि मार्ने योजना बनाएको बताए।

चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनु भएको छ । हिजो मात्रै उहाँ पेरिसको दुईदिने भ्रमणमा निस्कनु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update