फेरि एउटा धक्का दिँदैछु : प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा अब फेरि नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने टिप्पणी गरेका छन् ।
शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रम भंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।
‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने। यसमा जनताको साथ पाउने विश्वास रहेको उनले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय