प्रमुख तीन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल हुँदै
काठमाडौं, पुस ८ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु छलफल भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् । शीर्ष तीन नेताहरूबिचको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा समसामयिक राजनीतिक विषय तथा सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको र टीआरसी विधेयक टुंगोमा पुर्याउने बारेमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय