आफ्नै घरमा मृत भेटिए प्रहरी नायब निरीक्षक
भक्तपुर, पुस ८ । भक्तपुरमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका छन् ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा आइतबार बिहान घिमिरे मृत फेला परेको प्रहरीले जनाएको छ ।
४४ वर्षीय घिमिरे आफू सुत्ने कोठामा कोठाभित्र मृत फेला परेका हुन् । उनी प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत थिए । उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको बताइएको छ । शव परीक्षणका लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगिएको छ।
उनको मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय