Kath khabar
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष


                   काठमाडौं, पुस ८ । १४ केजी सुन प्रकरणमा मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पत्रकार सम्मेलन गर्दै समितिले यस प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर घलेले यसअघि पनि सुन ल्याउने गरेको बताएको छ ।  

गत मंसिर २२ मा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update