Kath khabar
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा


                     काठमाडौं, पुस ८ ।  क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कार सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले लामिछानेविरूद्धको मुद्धा हेर्दाहेर्दैमा राखेका हुन् ।

काठमाडौँ जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आज सरकारी वकिलका तर्फबाट सुवीर परियार र सिताराम अर्यालले बहस गरेका थिए। यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

मुद्दामा सन्दीप लामिछानेका वकिलहरूले अझै बहस गर्न बाँकी छ। हेर्दाहेर्दैमा राखिएको मुद्दाको अर्को बहस अब फेरी बुधबार हुनेछ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update