काठमाडौं, असार १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक हजार नौ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभर छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार तीन सय ५३ र तीन हजार आठ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच सय ६७ जना गरी कुुल एक हजार नौ सय २० जनामा संक्रमण पुष्टि मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित भएको कुुल संख्या मध्ये काठमाडौं उपत्यकाका चार सय २४ जना रहेका छन् । जसमध्ये काठमाडौं जिल्लामा दुुई सय ९२, ललितपुर जिल्लामा एक सय र भक्तपुर जिल्लामा ३२ जना रहेका छन् । मन्त्रालयका अनुसार आज तीन हजार सात जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण थप ३४ जना संक्रमितको मृत्यु भएको छ ।