Kath khabar
एक करोड २५ लाख रूपैयाँ  घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

 

                       पोखरा, पुस ११ । एक करोड २५ लाख रूपैयाँ  घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली बुधबार कार्यकक्षबाट पक्राउ परेका छन् । उनलाई आफ्नै कार्यकक्षबाट पक्राउ गरिएको हो ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार रहँदा उनले १ करोड ५ लाख रुपैयाँ घुस लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड ५ लाख रूपैयाँ घुस मागेको आरोप लागेको छ ।

सहकारीका अध्यक्ष रमण पौडेलले १ करोड २५ लाख लिएको बयान दिएको आधारमा पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update