Kath khabar
सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा, जाहेरवाला र सरकारी वकिलको बहस सकियो

 

                     काठमाडौं, पुस ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

बुधबार पनि सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठजनाले बहस गरेका छन् । सन्दीप पक्षका वकिलमध्ये मुरारी सापकोटाले मात्र बहस गरेका छन् । सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतबारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइबार पनि हेर्दाहेर्दैमा राखिएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक–पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । 

गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ । अब बाँकी बहस उनैको इजलासमा बिहीबार निरन्तर हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update