काठमाडौं, पुस १२ । नेपाल-ल्हासा सिधा हवाई उडान आजदेखि फेरी शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाडौंबाट ल्हासा नियमित उडान शुरु गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौं-ल्हासा उडानको उद्घाटन गर्नुभयो। उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल-ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताउनुभयो । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङ पछि ल्हासामा समेत गरेर अब ६ गन्तव्यमा उडान हुन थालेको हो । यसअघि कोरोना महामारीले रोकिएको काठमाडौं-ल्हासा सिधा उडानलाई खुला गर्न नेपालले चिनियाँ पक्षसँग माग गरेको थियो ।
गएको चैत १५ मा तिब्बतको ल्हासामा बसेको नेपाल-चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ सेवा पुनः सञ्चालनका लागि प्रस्ताव गरेको थियो।