Kath khabar
नेशनल लाईफद्धारा मृत्युदावी भुक्तानी

काठमाडौं असार १३ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधूरास्थित आफ्नो शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यू दावी भूक्तानी गरेको छ । स्व.पदम राज पन्तले सन् २०२१ फेब्रुअरी २२ मा ७० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटना लाभ सहितको १५ बर्षे अमृत सावधिक जीवन बीमालेख खरिद गर्नुभएको थियो ।

तर सन् २०२१ मार्चमा पन्तको जिप दुुर्घटनाको कारणबाट मृत्यु भएकोले कम्पनीले बीमा दावी वापत एक करोड २४ लाख ४८ हजार रुपैयाँ स्व. पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरेको हो । उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधूरा शाखा प्रमूखले चेक हस्तान्तरण गर्नुुभएको हो ।  

 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update