हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो
धरान, पुस १२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।
केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर हटाएर कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन् ।
पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्य कक्षबाट हटाएका हुन्। कार्यकक्षमा उनले यलम्बरको तस्बिर राखेका छन्।
हिजो मात्रै उनले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय