Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

 

                     काठमाडौं, पुस ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको फैसला सुनुवाइमा प्रतिवादी सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update