पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि : प्रतिवेदन
पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ
काठमाडौं, पुस १२ । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।
विमान दुर्घटना पछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ।
पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ।
पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय