Kath khabar
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ जारी, फैसला आजै हुन सक्ने

 

                       काठमाडौं, पुस १३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहेको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा आज शुक्रवारका लागि राखिएको हो । प्रतिवादीतर्फबाट बहस सकिएको खण्डमा आजै मुद्दाको फैसला आउन सक्ने बताइएको छ ।

यसअघि नाबालिका बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update