काठमाडौं, असार १३ । लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारु हुने क्रममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएका छन् । यो पहल पछाडिको मूल उदे्श्य भनेको खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमाफिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु हो ।
किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छजसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउने छ । यसको साथै खुद्रा विक्रेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुनेजोखिमबाट बचाउँछ । यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइनेछ ।
नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भन्नुभयो, “गतवर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरु सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ ।”
कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने छ । यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो,“ कोका–कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेताहरुलाई सामान्य नेभिगेट गर्न मद्धत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको बृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”
लकडाउन पछि धेरै किराना स्टोरहरुले आºनो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका–कोलाले शप अनर्सहरुलाई स्टोरको सम्पर्क नम्बरहरु रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेशन र अर्डरिंगको लागि सहयोग पुर्याउने छ ।