Kath khabar
बालकुमारी क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगो लगाए
तस्विर : सामाजिक सञ्जाल

 

                          ललितपुर, पुस १३ । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवा विद्यार्थीले प्रदर्शन गरेपछि ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । बा २ झ ५८६१ नम्बरको मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको उक्त गाडीमा मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले आगो लगाएका थिए ।  प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रदर्शनकारी युवाहरू सिप फोल्डिङ वाइरिङ लगायतका क्षेत्रमा लिएको परीक्षामा अनुत्तीर्ण भएका थिए । पुन: परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि ईपीएसको कार्यालय आसपासमा भेला भएका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update