Kath khabar
बालकुमारीमा प्रहरीको गोली लागेका एक युवकको मृत्यु, एक गम्भीर घाइते

 

                         ललितपुर, पुस १३ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दैलेखका करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । उनी हाल भक्तपुरमा बस्दै आएका थिए । त्यस्तै भिड नियन्त्रण गर्न प्रहरीले चलाएको प्रहरीले चलाएको गोली लागेर अर्का एकजना गम्भीर घाइते भएका छन् ।

पानी जहाज बनाउने काम अर्थात सिप बिल्डिङ लगायतका क्षेत्रमा लिएको परीक्षामा अनुत्तीर्ण भएका युवाहरुले पुन: परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि ईपीएसको कार्यालय आसपासमा भेला भएका थिए। प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update