बालकुमारी आन्दोलनमा गम्भिर घाइते भएका थप एक युवकको पनि मृत्यु
ललितपुर, पुस १३ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा गम्भिर घाइते भएका थप एक युवकको मृत्यु भएको छ।
पाटन अस्पतालमा उपचाररत डोटीका वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ । यस अघि प्रहरीको गोली लागेर घाइते भएका दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन सुरुमा अश्रुग्याँस हानेको प्रहरीले स्थिति साम्य नहुने स्थिति नदेखिएको भन्दै हवाई फायर समेत गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय